सामलिङ पावरको आईपीओ बाँडफाँड

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ११ : ४५
सामलिङ पावरको आईपीओ बाँडफाँड

काठमाडौँ । सामलिङ पावर कम्पनीको धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज (मंगलबार) बिहान आईपीओ बाँडफाँड गरेको हो ।

यही कात्तिक ४ गतेदेखि कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको सार्वजनिक निष्कासनमा २१ लाख ९८ हजार ७६४ आवेदकले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता सेयर माग गरेका थिए । कुल आवेदकमध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको छ भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।

स्वीकृत आवेदकमध्ये धितो पत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार ६७ हजार ८९० जनालाई गोला प्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड भएको छ ।

बाँकी रहेका २१ लाख २० हजार ८८८ आवेदकले भने सेयर नपाएको बिक्री प्रबन्ध नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस