‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, २० : ४३
‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने

काठमाडौं । कलाकार जितु नेपालको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आउँदो साता अन्तिम एपिसोडसँगै डेढ वर्षको लामो यात्रा समाप्त हुन लागेको सञ्चालक जितु नेपालले जानकारी गराएका छन् ।

उनकाअनुसार सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को सोमा होस्ट बन्न गएपछि  ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको हो ।

टिमको एकजनाले सल्लाह नै नगरी अर्को सोेमा गएपछि बन्द गर्नुपर्ने भएको हो । हुन त सिजन २ पुगिसकेको छ राम्रो नै भइरहेको थियो । तर, एउटै टिममा काम गर्नेहरूले खबरै नगरी यसो गरेपछि केही समय ब्रेक लिन लागेका हौँ,” उनले भनेका छन् । अहिले सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस