सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुने भएका छन् । उनीहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लागेका हुन् ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लागेका हुन् ।
उनीहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त भएका थिए । गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लागेका हुन् । । एमाले विभाजन भए पछि तीनै जना नेकपा (एकिकृत समाजबादी) मा छन् ।
समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्त भए पनि सोही ठाउँमा फेरि तिनै जना पठाइने बताए । अहिले कर्णाली प्रदेश सभामा समाजबादीका तीन जना सांसद छन् । सांसद देवी ओलीले तीन मन्त्रालय नछोड्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ कार्तिक २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय