काठमाडौं । दाङको तुलसीपुरबाट ‘हाईप्रोफाईल’का जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट प्रहरीले आठ जना जुवाडे पक्राउ गरेको हो ।
तुलसीपुर ६ गुम्राह चोक नजिकै एक घरमा काैडा खेलिरहेको अवस्थामा तुलसीपुरका प्रतिष्ठित व्यक्तिहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार दिपेन्द्र गिरी´दिपु`,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल,दिगम्बर गिरी,मानबहादुर रावत सहित ८ जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट १ लाख ९८ हजार २ सय रूपैयाँ र काैडा बरामद गरिएको एसपी काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरुमा रेडियो तुलसिपुरका अध्यक्ष समेत रहेका सञ्चार उद्यमी तथा एमाले र काँग्रेसका जिल्ला स्थित नेताहरु पनि छन् ।
ति मध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका व्यक्तीहरु रहेको समेत प्रहरीले बताएको छ । उनीहरुलाई शुक्रबार अपरान्ह पौने ४ बजेतिर पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ