केपी ओलीलाई घनश्याम भुसालको पत्र : दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस्  (पत्रसहित)

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, २० : २८
केपी ओलीलाई घनश्याम भुसालको पत्र : दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस्  (पत्रसहित)

काठमाडौँ । कोभिड–१९ कोरोनाभाइरस पोजेटिभ देखिएपछि नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले बिहीबार स्थायी कमिटीको बैठकमा भाग लिन गएनन्। घरैमा आइसोलेसनमा बसेका भुसालले अध्यक्ष केपी शर्मा अहोलीसहित स्थायी कमिटीका सबै नेताहरुलाई चिठी लेखेर दस बुँदेको समझदारी सम्झाएका छन् । 

पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै भुसालले अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पत्रमा भनेका छन् ‘कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दश बुँदे जे भनेर गरिएको थियो, त्यसैगरी लागू गरियोस् ।’

भुसालले स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीलाई सम्वोधन गरेर बुझाएको पत्र–

कमरेड अध्यक्ष,

केन्द्रीय कमिटी, नेकपा (एमाले)

विषय : स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा मेरो राय 

कमरेड,

सर्वप्रथमतः कोभिड–१९ को संक्रमणका कारणले आजको स्थायी कमिटी र भोली कात्तिक १२ गतेको केन्द्रीय कमिटी बैठकमा म उपस्थित हुन सम्भव भएको कुरा जानकारी गराउन चाहान्छु । दशौँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा हुने यी बैठकहरुको महत्व स्वतः स्पष्ट छ । ती बैठकहरुमा सशरीर उपस्थित हुन नसके पनि यसै पत्रमार्फत् आफ्ना रायरधारणा राख्न चाहन्छु ।

गत स्थायी कमिटी बैठकमा भएका केहि छलफल पश्चात कमरेड अध्यक्षले बैठकमा जुन धारणाहरु राख्नु भयो तीमध्ये केही विषयमा आफ्नो ९फरक० मत मौखिकरुपमा राखेको थिएँ जसबारे यहाँ सङ्क्षिप्तमा उल्लेख गर्न चाहन्छु । त्यसबाहेक, विधान महाधिवेशनभन्दा पहिलेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकमा केही महत्वपूर्ण सैद्धान्तिक विषयहरु उठेका थिए । ती विषयमा पनि यसै पत्रमार्फत आफ्नो राय लिखितरुपमा सङ्क्षिप्तमा राख्न चाहान्छु ।

१ पार्टीमा देखा परेको एउटा असाधारण र असहज अवस्थालाई अन्त्य गर्न र पार्टी एकतालाई जोगाउन हामीले १० बुँदे प्रस्तावमा सहमति गरेका थियौँ । त्यसलाई कार्यान्वयन गर्न केन्द्रीय कमिटीको बैठकले अन्तरपार्टी निर्देशनसमेत जारी गरेको छ । तर कैयन् ठाउँमा अन्तरपार्टी निर्देशनको कार्यान्वयन भएन । त्यसबारे औपचारिकरअनौपचारिक छलफल चल्दै थियो ।

यसैबीच अध्यक्ष कमरेडले एउटा सार्वजनिक कार्यक्रममा ‘माधव आउँछ कि, पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो’ भनेर बोल्नु भयो । जबकि वास्तविकता त्यस्तो होइन । ‘माधवजी एकतामा आउनु हुन्न, पार्टी केन्द्रीय कमिटीले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ, ‘जेठ २ गते’ लागू हुन्छ’ भनेर तपाईंले समेत पटक–पटक भन्नु भएको थियो । जुन कुरा प्रमाणसहित गत ४ र ५ गतेको स्थायी कमिटी बैठकमा मसमेतले प्रस्तुत गरेका थियौँ ।

अन्तरपार्टी निर्देशनको कार्यान्वयमा जुन खालका समस्या देखिएरदेखाइए त्यसबारे नेतृत्वले ध्यान दियो वा दिएन त्यो आफैमा छलफलको विषय थियो । तर महिनौँसम्मका छलफल, सार्वजनिक चर्चा, टिका–टिप्पणीसमेत भएर गरिएको सहमति र केन्द्रीय कमिटीले गरेको निर्णयसमेत लागू नहुने, बरु लागू नहुनु नै ठीक छ जस्तो गरी हामीले सार्वजनिकरुपले बोल्ने कुराले तत्कालका लागि कसैलाई नीजी वा समूहगत फाईदा हुन सक्ला तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ । अरु कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रष्ट गर्न सकेका छैनौँ ।

पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्यआधारित आन्तरिक लोकतन्त्र र सङ्घबद्धताजस्ता सत्वले बनेको नेकपा एमालेको राजनीतिक–साँस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन् । कुनै खास घटनामा हामीले व्यक्तिगत वा सामुहिकरुपमा गल्ती गर्न सक्छौँ र आफ्नो आन्तरिक विधि तथा परम्पराका आधारमा त्यसको समाधान गर्न गर्छौ । तर हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको साँस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दरपीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ । तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दश बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस् ।

२ हामीले विधान महाधिवेशनमा प्रधिनिधिको सङ्ख्या, उनीहरुको खाना तथा नास्ता र हलको व्यवस्था राम्रो रहेको मूल्याङ्कन गरेका छौँ । खासगरी त्यति छोटो समय सीमाभित्र महाधिशनको आयोजना त्यस व्यवस्थापकीय दक्षताका साथ गरिनुको महत्व स्वतः स्थापित भएको छ । अर्कोतर्फ यसका केही गम्भीर कमजोरी पनि भएका छन् ।

खासगरी, नवौँ महाधिवेशनले विधान महाधिवेशनको आयोजना जुन आवश्यकता र महत्वका साथ अपेक्षा गरेको थियो त्यसमा कैयौँ कमजोरी रहन गए । मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराईमा छलफल हुनुपर्थ्यो त्यो हुन सकेन । दोश्रो, महाधिवेशनको आयोजना जे जसरी भयो त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो । प्रतिनिधिको निर्णय, दस्तावेजहरुको अन्तिम तयारी, टोलीहरु र टोली नेताहरुको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरु कुनै संस्थागत निर्णयविना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन् । आगामी दिनमा यी कमजोरीहरु हटाउनै पर्छ ।

३ विधान महाधिवेशनभन्दा पहिलेका स्थायी कमिटी र केन्द्रीय कमिटीका छलफलले केहि महत्वपूर्ण योगदान गरेका छन् । खासगरी, ती छलफलमा नवौँ महाधिवेशनले पार्टीको कार्यदिशाबारे गरेको ऐतिहासिक निर्णयमा अझ बढी सहमति बन्यो । त्यसलाई मैले एउटा उपलब्धी ठानेको छु । ती छलफलका दौरानमा दलाल पुँजीवादको वर्चस्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने पार्टीको आजको कार्यदिशालाई अझ स्पष्ट पार्ने काम भयो । तर केहि अति महत्वपूर्ण विषयमा अपूर्णताहरु बाँकि नै रहे ।

नवौँ महाधिवेशनले लिएको त्यो कार्यदिशा कार्यान्वयन गर्न पार्टीसँग आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलार्ई कार्यान्वयन गर्न सक्ने सङ्ठनात्मक सिद्धान्त र विधान हुन अनिवार्य हुन्छ भन्ने धारणा मलगायत अन्य केहि कमरेडहरुले विधान महाधिवेशनभन्दा पहिलेका ती बैठकमा उठाएका थियौँ । कमरेड अध्यक्षले समय कम भएको कुरा औँल्याउँदै ती विषयमा दशौँ राष्ट्रिय महाधिवेशनका दौरानमा पनि छलफल गर्न सकिने र पार्टी विभाजन भएको विशिष्ट परिस्थितिमा आयोजना भएको हुँदा एकताबद्ध भएर विधान महाधिवेशनमा प्रस्तुत होऔँ भन्ने आह्वान गर्नुभएको थियो । त्यसैअनुसार विधान महाधिवेशन सम्पन्न भएको छ ।

हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो । पार्टीको स्पष्ट कार्यक्रमले पार्टीको सम्पूर्ण पङ्तिलार्ई दलाल पुँजीवादको वर्चस्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्ने दिशामा निर्देशित गर्छ । नवौँ महाधिवेशनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि पार्टीको भावि कार्यक्रमको एउटा नाराका रुपमा अगाडि ल्याएको थियो । पार्टीको ठोस कार्यक्रम नहुँदा हाम्रो उक्त नारा पनि अपरिभाषित नै रहेको छ । त्यस्तै, ठोस कार्यक्रम नभएको पार्टीसँग संगठनात्मक सिद्धान्त पनि छ भन्नका लागि मात्रै हुन्छ ।

त्यस्तो सङ्गठनात्मक सिद्धान्तले कहिल्यै काम गर्दैन । विधान महाधिवेशनमा हामीले पारित गरेको सङ्गठनात्मक सिद्धान्त र विधान पनि केवल तदर्थ मात्रै हुन् । यस हिसाबले हाम्रो पार्टी नवौँ महाधिवेशनपछि तदर्थमा चलेको छ भन्न सकिन्छ । यस अवस्थालाई लामो समय रहन दिनु हुँदैन । त्यसैले जे जति समय छ यसबीचमा कार्यक्रम र आवश्यक संगठनात्मक सिद्धान्तको निर्माणमा लाग्नु आवश्यक छ । यदि यस महाधिवेशनमा नै यो काम गर्न सकिएन भने निर्वाचन लगत्तै विशेष महाधिवेशन गरेर भए पनि कार्यक्रम र त्यससँग सम्बन्धित अन्य विषयमा रहेका समस्या समाधान गर्नु अति आवश्यक छ ।

अभिवादन सहित,
घनश्याम भूसाल
उपमहासचिव
२०७८ कात्तिक ११

प्रतिक्रिया दिनुहोस