काठमाडौँ । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ कार्तिक २०७८, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
६ राजदूतले दिए राजीनामा
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने
११ राजदूतलाई फिर्ता बोलाउँदा ६ देशका यी राजदूत किन भएनन् फिर्ता ?
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट