एमाले अधिवेसन : चितवनको रत्ननगर र खैरहनीमा सर्वसम्मत नेतृत्व

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १९ : ४७
एमाले अधिवेसन : चितवनको रत्ननगर र खैरहनीमा सर्वसम्मत नेतृत्व

चितवन । नेकपा एमाले चितवनको पालिका अधिवेसनले सर्वसम्मत नेतृत्व चयन गर्ने क्रम चलिरहेको छ । रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल सर्वसम्मत चयन भएका छन् । नगर कमिटीको प्रथम नगर अधिवेशनले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा पुष्प जोशी, सचिवमा शिवराज उप्रेती र सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन भएका छन् । नगर कमिटीको पदाधिकारी तथा सदस्य पदका आकाँक्षीहरुसंग छलफल र सहमति गरी सर्बसम्मत कमिटी चयन गरेको हो । नबनिर्वाचित कमिटीको सपथग्रहण बिहीबार बिहान हुनेछ ।

यस्तै इच्छाकामना गाँउ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् । आज सम्पन्न एमाले इच्छकामना गाउँपालिका कमिटिको प्रथम अधिवेशनबाट सिलवाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै कमिटीको उपाध्यक्षमा नर बहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, सहसचिवमा बोध बहादुर गोले र लक्ष्मण चेपाङ सहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

प्रतिक्रिया दिनुहोस