सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १६ : १८
सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । 

‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’ सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरि काम हुने बताए ।

‘अहिले शिक्षाभित्रका समस्या, चुनौतिका विषयमा सुष्म अध्ययन गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘आफ्नो कार्यअविधिमा हुन सक्ने काम हुन्छ ।’ अहिले राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमको कार्यविधि बनाउँदै गरेको बताउँदै यसअघिभन्दा व्यवस्थित गरी काम गर्ने उनले बताए । 

‘अर्थमन्त्रालयसँग बजेट चाहियो भन्दा बजेट थोरै छ भनेको छ,’ उनले भने,  ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई कार्यविधिमार्फत वितरण गछौं ।’ काभ्रे काठमाडौंबाट नजिकै भएकोले पूर्वाधार विकासमा थोरै प्रगति भएमा यहाँका स्थानीयको जीवनस्तर सुधार उनको भनाइ छ ।

‘यो ठाउँ पर्यटकीय हिसाबले महत्पूर्ण छ,’ उनले भने, व्यवसायलाई अगाडी बढाउन प्याकेजको कार्यक्रम बनाउनुहोस् ।’ गणतान्त्रिक आन्दोलनमा आफू कांभ्रेली जनताको घर–घरमा पुगेको सिपाइँभएको बताउँदै यहाँका जनताको समस्या नजिकबाट बुझेको बताए ।
 

प्रतिक्रिया दिनुहोस