प्रधानन्यायाधीशमाथि महाभियोगको विषयमा छलफल भएको छैन : प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, १८ : ३६
प्रधानन्यायाधीशमाथि महाभियोगको विषयमा छलफल भएको छैन : प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘महाभियोगको विषयमा चर्चा र छलफल भएकै छैन । हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ । 

गठबन्धनले एउटा धारणा बनाउँछ’ उनले भने । उनले हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने पनि बताए । उनले भने, ‘कांग्रेसको कोटाबाट यसअघि मन्त्री बनेका र उनले पछि राजीनामा दिएपछि यो विवाद बल्झेको छ, यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरेर एउटा धारणा सार्वजनिक गर्नेछौँ । 


 

प्रतिक्रिया दिनुहोस