काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशमामा देखिएको छ । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ ।
आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।
मंगलबारमात्रै नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार देखिएको छ । दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ । यस अघि सोमबार ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ँ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ कार्तिक २०७८, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट