काठमाडौं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ ।
पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।
परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ कार्तिक २०७८, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक