विश्वस्तरीय नर्भिकको आईपीडी

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १४ : ३८
विश्वस्तरीय नर्भिकको आईपीडी

काठमाडौं ।थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समय अनुकुलस्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आईपीडी–इन प्यासेन्ट डिपार्टमेन्ट लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपीडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आईपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको अस्पतालले जनाएको छ।

गत ९ फागुनदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपीडी सञ्चालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरूको समेत स्तरोन्नति गर्ने क्रममा आईपीडीलाई पनि आधुनिक बनाइएको हो । योसँगै अब नर्भिकको आईपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् । नर्भिकले आईपीडीका सबै संरचनाहरुमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको अस्पतालको दाबी छ ।

आईपीडीका सबै कोठाहरू आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रूपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरूलाई समेत सहज हुने हिसाबले पुनर्निर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस