काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन्।
आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हुन्।
उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै कांग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए।
उनले पार्टी सभापति देउवा कांग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भइरहेको आरोप लगाए। नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ति गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए।
नेता सिंहले भने, ‘सम्मानजनक जिउनका लागि, जुन अहिले मधेशमा नागरिकताको ढिलासुस्ति भइरहेको छ। संविधानको भावनाको मर्म, ऐनहरु बनाएर कार्यान्वयन गर्नुपर्नेमा ढिलासुस्ति भइरहेको छ। यो राष्ट्रिय मुद्दाले मधेश र सबै नेपाली जनतालाई पिरोलिरहेको छ। यी मुद्दाहरुलाई चाँडो भन्दा चाँडो टुंग्याउनु पर्छ। अहिलेको जस्तो १४ औँ महाधिवेशनजस्तो अस्तव्यस्त अहिलेसम्म भएको थिएन। अधिवेशन प्रारम्भ भएपनि क्रियाशील सदस्यताको टुंगो अझै दुईवटा जिल्लामा लागिसकेको छैन। ४/४ पटक महाधिवेशनको तिथिमिति तोकिसकेको र सजिलै सारिएको छ। १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले, आफ्नो स्वार्थका लागि काम गरेका छन्, पार्टीलाई सभापति र सदस्यले बेथितीमा राख्न पाइन्न।’
नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको कमजोरीको कारणले कम्युनिष्ट सत्तामा आएको र अहिले पनि कांग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए।
पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे। आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ कार्तिक २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि