काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ ।
स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ ।निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ कार्तिक २०७८, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने