सुर्खेतमा सामुदायिक वनमा बम विस्फोट हुँदा दिदी-भाइ घाइते

सफल खबर संवाददाता

शनिबार, ०६ कार्तिक २०७८, १५ : १०
सुर्खेतमा सामुदायिक वनमा बम विस्फोट हुँदा दिदी-भाइ घाइते

सुर्खेत । सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्। 

वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार घाइते भएका हुन् । उनीहरु दिदी-भाइ हुन् ।

घाइतेहरुको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । हाल बम कस्ले राख्यो र कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस