एमाले महाधिवेसनको सहसंयोजकमा सुरेन्द्र पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १९ : ३७
एमाले महाधिवेसनको सहसंयोजकमा सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् । यसअघि नै रामबहादुर थापा बादलको संयोजकत्वमा व्यवस्थापन समिति बनिसकेको छ । गठित समितिको सचिवमा विष्णु रिमाललाई जिम्मा दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

स्थायी कमिटीको शुक्रवार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो । समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई पनि थपिएको छ ।

समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन् । एक सदस्य पछि थपिने ज्ञवालीले जानकारी दिए । एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस