अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : सिके राउत

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १३ : ०७
अब मेयर, सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुन्छ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले अब अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका छन् । 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नाङ्गै नगर परिक्रमा गराएको भोलीपल्ट अध्यक्ष राउतले यस्तो चेतावनी दिएका हुन् । 

‘जनतामा धेरै डिमान्ड छ, मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ।’ राउतले फेसबुकमा लेखेका छन् ।  उनले हिजो जनताले कारबाहीको लागि मेयरलाई नै खोजेको, तर उनले मेयर भागेको दावी गरे । 

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता  विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस