एजेन्सी । चीनमा ६ महिनाअघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले खोप लगाएकाहरुमा प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोज लगाउन थालेको हो ।
बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक–फरक मापदण्ड तय गरिएको छ । कुनै प्रान्तमा दोस्रो डोज लगाईसकेका सवैलाई बुस्टर डोज दिइएको छ भने कुनै प्रान्तमा ६० वर्षमूनि र संवेदनशील समूहका व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिन थालिएको छ ।
चीनले आफ्नो देशमा बनेको खोप मात्र लगाउँदै आएको छ । चीनले आफ्ना नागरिकलाई बुस्टर डोज लगाउन थालेकाले चिनियाँ खोप लगाएका अन्य देशका नागरिकका लागि पनि बुस्टर डोज आवश्यक देखिएको छ । चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण