एजेन्सी । चीनमा ६ महिनाअघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले खोप लगाएकाहरुमा प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोज लगाउन थालेको हो ।
बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक–फरक मापदण्ड तय गरिएको छ । कुनै प्रान्तमा दोस्रो डोज लगाईसकेका सवैलाई बुस्टर डोज दिइएको छ भने कुनै प्रान्तमा ६० वर्षमूनि र संवेदनशील समूहका व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिन थालिएको छ ।
चीनले आफ्नो देशमा बनेको खोप मात्र लगाउँदै आएको छ । चीनले आफ्ना नागरिकलाई बुस्टर डोज लगाउन थालेकाले चिनियाँ खोप लगाएका अन्य देशका नागरिकका लागि पनि बुस्टर डोज आवश्यक देखिएको छ । चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ कार्तिक २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
चीनद्वारा पृथ्वी कक्ष उपग्रह प्रक्षेपण
व्यापार र पर्यटनमा चीनसँग सहकार्यको प्रस्ताव
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
चीनले राखेपलाई दियो ८५ लाखबराबरको खेल सामग्री
चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण