काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे । उनले गुटउपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए ।
बागलुङस्थित नेपाली कांग्रेस काठेखोला गाउँपालिका–५ बिहँुले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे ।
“हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन”, पौडेलले भने, “महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”
उहाँले मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताए । पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाएका थिए ।
उनले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानार्कषण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ कार्तिक २०७८, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
संघीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति पौडेल
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता