काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि परिमार्जन गर्ने भएको छ। निर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन सम्पन्न हुन नसकेपछि महाधिवेशन अब माघमा गर्ने तयारी भइरहेको छ । गत साउन ३० गतेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारण गरेको कार्यतालिकाअनुसार अधिवेशनहरु अगाडि बढेका छैनन्। त्यसैले कांग्रेसले अब मंसिरमा महाधिवेशन नहुने लगभग पक्काजस्तै भएको छ ।
सभापति शेरबहादुर देउवानिकट स्रोतले मंसिर दोस्रो साताभित्र ७७ वटै जिल्लाको अधिवेशन र मंसिर मसान्तसम्म प्रदेशको अधिवेशन गर्ने गरी अनौपचारिक छलफल भइरहेको जनाएको छ। ‘मंसिर ९–१३ मा महाधिवेशन नहुने देखियो। अब महाधिवेशन गर्ने भनिएको मिति मंसिर ९–१३ भित्र सबै जिल्लाको, मंसिर मसान्तसम्म प्रदेशको सक्ने कि भन्ने छ,’ कांग्रेस स्रोतले भन्यो, ‘माघ पहिलो वा दोस्रो साता महाधिवेशन गर्ने खालको अनौपचारिक छलफल चलिरहेको छ। सुझाव पनि यही आइरहेको छ।’
देउवानिकट एक नेताले एक–दुई दिनमै पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेर छठ पर्वलगत्तै रोकिएका अधिवेशनहरु अगाडि बढाउनेगरी तालिका बनाइने पनि जानकारी दिए। ती नेताले तिहारलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेर महाधिवेशन कार्यतालिका परिमार्जन गरिने पनि जानकारी दिए।
‘दसैँअगाडि विवादित १३ जिल्लाको वडा, पालिका र सबै हिमाली जिल्लाको अधिवेशन सक्ने भन्ने थियो,’ ती नेताले भने, ‘५५÷५६ जिल्लामा वडा÷पालिका अधिवेशन भयो। २१ मध्ये १३ हिमाली जिल्लामा मात्र जिल्ला अधिवेशन भयो। अब छठलगत्तै अघि बढ्छ। आज–भोलि नै पदाधिकारी बैठक बसेर व्यवहारिक ढंगले कार्यतालिका बन्छ।’
कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पनि कार्यतालिका परिमार्जनका बारेमा अनौपचारिक छलफल भइरहेको पुष्टि गरे। प्रवक्ता विश्वप्रकाश शर्माले अहिले स्थगित गरिएका अधिवेशनहरु तिहारपछि सुरु हुने जानकारी दिए।बनाएको थियो। त्यसअघि क्रियाशील सदस्यता विवाद र महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देखाएर भदौ ७–१० सम्पन्न गरिने भनिएको महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि निर्धारण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति गगन थापाले गरे मतदान
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
पार्टी बहुमततिर अघि बढेको काँग्रेसको निष्कर्ष
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा
मौन अवधिअघि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने