ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, २२ : ५९
ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो । राष्ट्र बैंकले समयसीमा नै तोकेर बैंकहरुलाई ब्याजदर घटाउन पहिलो पटक यस्तो निर्देशन दिएको हो । कात्तिकका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरुले तीन वर्ष यताकै उच्च ब्याजदर दिने घोषणा गरेका थिए ।

निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस