काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका बाबजुत नीतिगत दर घटेसँगै बैंकको ब्याजदर थप घटेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले झरेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ५.०४०५ प्रतिशत थियो भने यो पुसमा ४.८३४ प्रतिशतमा झरेको हो ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल कायम भएको छ । मंसिरमा व्यक्तिगत मुद्दतीमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम जम्मा ५.५ प्रतिशत कायम गरेको छ ।
बैंक मंसिरको ब्याजदर पुसको ब्याजदर
कृषि विकास ४.९५ ४.५५
एभरेस्ट ५ ४.७५
नेपाल ५.२५ ५.१
लक्ष्मी सनराइज ५ ४.७५
माछापुच्छ्रे ५ ५
एनआईसी एसिया ५ ५
प्रभु ४.९५ ४.५५
स्टान्डर्ड चार्टड ४.७ ४.६
राष्ट्रिय वाणिज्य ५.५ ५
नबिल ४.७५ ४.५५
ग्लोबल आईएमई ६ ५.५
सिद्धार्थ ५ ५
प्राइम कमर्सियल ४.७५ ४.२५
कुमारी ४.९१ ४.५३
सानिमा ५ ४.७५
हिमालयन ५.५ ५.५
नेपाल एसबीआई ४.८ ४.५५
इन्भेस्टमेन्ट मेगा ५ ५
एनएमबी ५ ५
सिटिजन्स ४.७५ ४.७५
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन को कति ?
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
पाँच वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही
फागुनका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुनको कति ?
अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]
माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?