रुबी खानले तोडिन् आमरण अनसन

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १५ : २२
रुबी खानले तोडिन् आमरण अनसन

काठमाडौँ । नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । 

मंगलबार बिहान गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर खानले अनसन तोडेकी हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा थिइन् । 

 

प्रतिक्रिया दिनुहोस