अनसनरत महिला र सरकारबीच सहमति, आजै हस्ताक्षरको तयारी

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १४ : ३७
अनसनरत महिला र सरकारबीच सहमति, आजै हस्ताक्षरको तयारी

काठमाडौं । सरकार र आमरण अनसनरत रुबी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनसन स्थगित गर्ने भएकी छन् ।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन गर्ने लगायतको सहमति भएको हो । सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् । आन्दोलनकारीका मागसहित सहमति लिपिबद्ध भए आज नै हस्ताक्षर भइ अनसन तोडिने अधिकारकर्मी रुबी खानले बताइन् ।

नेपालगञ्जको दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएको थियो । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुवीले आमरण अनसन थालेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस