साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारर्ले जनही ५ लाख दिने

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, ०८ : ३०
साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारर्ले जनही ५ लाख दिने

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई सरकारले ५–५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५-५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस