नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री देउवाद्वारा बधाई

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, २० : ३६
नेपाली फुटबल टोलीलाई प्रधानमन्त्री देउवाद्वारा बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई  बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिएका छन् ।

‘हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस