आज नेपाल र बंगलादेश भिड्दै, बराबरी गरे पनि नेपाल फाइनलमा पुग्ने

सफल खबर संवाददाता

बुधबार, २७ असोज २०७८, १३ : ५४
आज नेपाल र बंगलादेश भिड्दै, बराबरी गरे पनि नेपाल फाइनलमा पुग्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ ।

CG Developers Tansen Cement box

आजको खेलमा बराबरी मात्रै गरे पनि नेपाल फाइनलमा पुगेर इतिहास रच्ने अवसर छ । प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।

नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ । साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस