काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्। उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्।
बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका थिए।
सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए। ‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ, उनले भने, ‘के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असोज २०७८, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !