काठमाडौं । गृह मन्त्रालयले निर्धारित काुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ ।
मन्त्रालयले कसैको बबहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मातीपूर आद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मन्त्रालयले संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलिकको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको नाम छुटेको भए स्थानीय तहमार्फत दर्ता गराउन सकिने पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक