काठमाडौं । गृह मन्त्रालयले निर्धारित काुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ ।
मन्त्रालयले कसैको बबहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मातीपूर आद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मन्त्रालयले संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलिकको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको नाम छुटेको भए स्थानीय तहमार्फत दर्ता गराउन सकिने पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल-रेष्टुरेन्टको अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय