पोखरा । कास्कीको घान्द्रुकमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। कास्कीका सिडिओ जयनारायण आचार्यले घटनाको पुष्टि गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराबाट घान्द्रुक जान लागेको ग २ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो।
जीपमा ९ जना सवार रहेकोमा एक जना भीरमा अड्किँदा बाच्न सफल भएको प्रहरीले जनाएको छ।
जीप पोखराबाट आज दिउँसो २ः०० बजे छुटेको थियो। जीप घान्द्रुकको कालाभीरबाट मोदी खोलामा खसेको हो।
दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भइनसकेको र यसका लागि तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुममा जीप दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु
जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठ जना घाइते
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु