दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेकाे संख्या बढ्याे

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १२ : ०७
दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेकाे संख्या बढ्याे

ताप्लेजुङ । नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो ।

साेमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गर्दै गरेको उनकाे भनाइ छ ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसमम्म अर्थात् टीकाको अघिल्लो दिनसम्म पाथीभरा मन्दर क्षेत्रमा तीर्थयात्रीको भिड लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

गत बुधबारदेखि आइतबारसम्मा १० हजारभन्दा बढीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् । बुधबार दुई सय ५० तीर्थयात्री पाथीभरा मन्दिर पुगेकाे माथिलो फेदी प्रहरी चौकीले जनाएको छ ।

बिहीबार आठ यस २५ जना, शुक्रबार एक हजार ६ सय ५५, शनिबार ६ हजार २५ र आइतबार ११ सय ९५ तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लाे फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज  लोकबहादुर थापाले बताए ।

नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो, तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुल्ला गरेको हो । पाथीभरा दर्शन गर्न खुल्ला भएसँगै तीर्थयात्रीहको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको भिडभाड बढेसँगै यातायाता व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगी उत्साहित भएको छ ।

प्रतिक्रिया दिनुहोस