नरभक्षी बाघ ६ दिनमा समातियो

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, २० : ०३
नरभक्षी बाघ ६ दिनमा समातियो

चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको कुमरोज सामुदायिक वनभित्र मान्छे मार्ने नरभक्षी बाघलाई चितवन निकुञ्जको टोलीले ६ दिन लगाएर नियन्त्रणमा लिएको छ ।

असोज १९ गते बाघको आक्रमणबाट खैरहनी १३ सिम्रेनीका २५ वर्षका दिनेश बोटको मृत्यु भएपछि बाघको खोजी गरिएको थियो । 
बाघलाई वनको दराई बोटे तालनजिक फेला पारिएको हो ।चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहा, जैविक विविधता संरक्षण कोष, बुढीराप्ती मध्यवर्ती उपभोक्ता समिति र कुमरोज सामुदायिक वनका प्रतिनिधिले १९ वटासम्म हात्तीको प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस