रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १७ : २३
रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले काठमाडौंको माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेपछि रुबीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै प्रहरी वृत्त लैनचौर माथि यस्तो आदेश जारी भएकाे हो । 

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन तथा अनुसन्धान गर्न माग गर्दै रुबी खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी गत बुधबार राति काठमाडौं आइपुगेका थिए । उनीहरुलाई शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस