दोहा । तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ । दुई देशका प्रतिनिधिबीच कतारको राजधानी दोहामा शनिबार वार्ता भएको हो । वार्ता आईबार पनि जारी रहेको तालिवानले जनाएको छ ।
३१ अगस्टमा काबुलबाट बाहिरिएपछि तालिवानसँग अमेरिकाले पहिलो पटक वार्ता गरेको हो । वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने र गत वर्ष अमेरिकासँग भएको सम्झौतालगायतका विषयमा छलफल भएको तालिवानले जनाएको छ ।
वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन् । अमेरिकाले अफगानीलाई कोभिड खोप दिने विषयमा पनि छलफल भएको थियो । अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिवान प्रतिनिधिले युरोपेली युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ असोज २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?