दोहा । तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच वार्ता भएको छ । दुई देशका प्रतिनिधिबीच कतारको राजधानी दोहामा शनिबार वार्ता भएको हो । वार्ता आईबार पनि जारी रहेको तालिवानले जनाएको छ ।
३१ अगस्टमा काबुलबाट बाहिरिएपछि तालिवानसँग अमेरिकाले पहिलो पटक वार्ता गरेको हो । वार्तामा अफगानिस्तानमा मानवीय सहायता, अफगान केन्द्रीय बैंकमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने र गत वर्ष अमेरिकासँग भएको सम्झौतालगायतका विषयमा छलफल भएको तालिवानले जनाएको छ ।
वार्तामा तालिवानको नेतृत्व विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताकीले गरेका छन् । अमेरिकाले अफगानीलाई कोभिड खोप दिने विषयमा पनि छलफल भएको थियो । अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिवान प्रतिनिधिले युरोपेली युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ असोज २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत