उपत्यकाबाट ५ लाख बढी बाहिरिए

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, ०८ : १७
उपत्यकाबाट ५ लाख बढी बाहिरिए

काठमाडौँ । नेपालीहरूको मुख्य चाड बडादसैंको अवसरमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या बढेको छ । विगत केही दिनको तथ्यांकअनुसार दिनहुँ उपत्यका छाड्नेको संंख्या वृद्धि भइरहेको छ ।

गत १० असोजदेखि शनिबार साँझसम्म ५ लाख २० हजारले काठमाडौं उपत्यका छाडेका छन् । तर, यो अवधिमा ५ लाख २ हजार मानिस उपत्यका भित्रिएका छन् । गत वर्ष कोभिड–१९ को प्रकोप रहेको र यो वर्ष अवस्था सामान्य जस्तै, रहेकाले चहलपहल बढेको ट्राफिक प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस