साफ च्याम्पियनसिप : बंगलादेशबिरुद्ध माल्दिभ्सको जित

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, ११ : ५१
साफ च्याम्पियनसिप : बंगलादेशबिरुद्ध माल्दिभ्सको जित

काठमाडौं । साफ च्याम्पियसिपको जारी खेलमा आयोजक राष्ट्र माल्दिभ्सले दोस्रो खेलमा बंगलादेशलाई हराएको छ। बिहीबार राति भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई २-० गालले पराजित गरेको हो ।

साविक बिजेता समेत रहेको माल्दिभ्स पहिलो खेलमा नेपालसँग १-० ले पराजित भएको थियो । उसका लागि हाम्जा मोहमेद र अलि अस्फाक एक्एक गोल गरेका थिए ।बंगलादेशबिरुद्धको खेलमा पहिलो हाफ गोलरहित बराबरी रहेको थियो । तर खेलको दास्रो हाफपछि माल्दिभ्सले दुई गोल गरेको थियो ।

जित निकालेसँगै माल्दिभ्सले ३ अंक जोडेको छ । बंगलादेसलाई पराजित गरेपनि माल्दिभ्स तेस्रो स्थानमा रहेको छ । खेलमा पराजय भोगेको बंगलादेशले पनि ३ खेल खेल्दै ४ अंक बनाएको छ ।  बंगलादेश अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । उसले यसअघिका २ खेलमा १ जित र एक बराबरी गरेको थियो ।

त्यस्तै भारतले २ खेल खेलेकामध्ये दुवै खेलमा बराबरी गर्दै २ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । त्यस्तै नेपाल २ खेलमा दुवै जित निकाल्दै ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको छ ।अब नेपालले आफ्नो तेस्रो खेल यही २४ गते भारतसँग खेल्नेछ । ३ खेल खेलेको श्रीलङ्का १ अंकसहित तलिकाको पुच्छारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस