काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधबार सिंह निवास चाक्सीबारीमा दुई नेताबीच भेटवार्ता भएको हो।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको सिंहको सचिवालयले जनाएको छ। सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव असन्तुष्ट छन्। यही सन्दर्भमा उनले सत्तारुढ दलका नेता सिंहलाई भेटेका हुन्।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए। सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको भन्दै विप्लव असन्तुष्ट छन्।
देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्। सोमबार मात्रै विप्लवले प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने