पूर्वमुख्यसचिव पौडेल बने माओवादी विदेश विभाग सदस्य

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १३ : ५०
पूर्वमुख्यसचिव पौडेल बने माओवादी विदेश विभाग सदस्य

काठमाडौं । पुर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल नेकपा (माओवादी केन्द्र) को विदेश विभाग सदस्य बनेका छन्। माओवादी केन्द्रले गठन गरेको विदेश विभागमा उनी सदस्य बनाइएका हुन्। 

पौडेल केहि समयदेखि गृहजिल्ला गुल्मीका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनमा व्यस्त छन् । पौडेलले उक्त पद औपचारिक रुपमा स्वीकार गरि सकेका छैनन् । पूर्व राजदूतहरुलाई समेटेर गठन गरिएको विदेश विभागमा अस्ट्रेलियाबाट फिर्ता बोलाइएकी लक्की शेर्पालाईसमेत राखिएको छ । शेर्पा कुनै समय नेकपा एमालेका तर्फबाट सँविधान सभा सदस्य थिइन् ।

चीनमा राजदूत रहिसकेका डाक्टर महेश मास्के पनि माओवादीको विदेश विभागमा परेका छन् । उक्त विभागमा डेनमार्कको ४ बर्षे कार्यकाल सकेर भर्खरै फर्केका युवनाथ लम्साल पनि रहेका छन् ।

सुरेन्द्र कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश मामिला विभाग गठन गर्ने माओवादी केन्द्रको निर्णय छ। विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् । 

प्रतिक्रिया दिनुहोस