भाजपाको निम्तोमा काँग्रेसका नेताहरु भारत भ्रमणमा जाँदै

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १० : ३१
भाजपाको निम्तोमा काँग्रेसका नेताहरु भारत भ्रमणमा जाँदै

काठमाडौं । भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणमा नेपाली कांग्रेसका नेताहरु भारत जाने भएका छन् ।  काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जान लागेका हुन् ।

भ्रमणमा महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार (आज) दिल्ली जान लागेका छन्। उनीहरु चार दिन  भारतमा रहनेछन्। भ्रमणमा सहभागी चौरासियाका अनुसार असोज २५ मा स्वदेश फर्किने कार्यक्रम छ। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ।

दिल्लीमा रहँदा ककसलाई भेट गर्ने भन्ने एकिन भइनसकेको उनले बताए। नेता महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर फर्किसकेका छन्। उनी गत भदौमा नेपाल आएका थिए। गत असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसका नेताहरू पहिलो पटक नयाँदिल्ली जान लागेका हुन्। 

प्रतिक्रिया दिनुहोस