प्रदेश २ मा सिके राउत नेतृत्वको पार्टीले अख्तियार घेराउ गर्ने

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १० : ०८
प्रदेश २ मा सिके राउत नेतृत्वको पार्टीले अख्तियार घेराउ गर्ने

काठमाडौँ । प्रदेश २ मा सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।

घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने उनले बताए ।

बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपालले जुलुस निकालेको थियो ।
 

प्रतिक्रिया दिनुहोस