एमालेका १० भाई फेरी विलखबन्दमा, ओलीले थापालाई यसरी बनाउदैछन् पेण्डुलम

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, ०९ : ४४
एमालेका १० भाई फेरी विलखबन्दमा, ओलीले थापालाई यसरी बनाउदैछन् पेण्डुलम

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीले १० बुँदे सहमती अक्षरशः पालना गर्छु भन्दै सहमती गरेर फर्किएका पार्टीका दोश्रो तथा तेश्रो पुस्ताका १० जना नेताहरु अहिले फेरी विलखबन्दमा पर्न थालेका छन् । आफु स्यवंले बोलेको र सहमती गरेको कुराबाट ओली पछि हटेपछि उनी अब के गर्ने, नगर्ने भन्ने दोधारमा परेका हुन् । माधवकुमार नेपालसमूहलाई अन्तिम समयमा धोका दिएर  ओलीका पछि लागेका उनीहरु अहिले न ओलीको विरोध गर्न सकेका छन, न त सहमती कार्यान्वयन गर्नुस भन्नसकिरहेका छन् । 

ओली कहिले पनि नसुध्रिने भन्दै  नयाँ पार्टी गठन गर्नुपर्छ, ओली विरुद्ध विद्रोह गर्नुपर्छभन्दै चर्का चर्का भाषण तथा  नयाँ पार्टी गठन गर्न लाग्नुपर्छ भन्नेहरु अहिले घर नघाटको अवस्थामा पुगेका छन् । १० बुँदे सहमतिको नाममा एमाले छिरेका उनीहरुलाई ओलीले कुनै पनि जिम्मेवारी नदिएपछि उनीहरु घर न घाटको अवस्थामा पुगेका हुन्। माधव नेपालले नयाँ पार्टी गठन गरिसके । रावलहरुसँग न त अब एमालेमा बस्ने वातावरण छ, न त माधव नेपालको पार्टीमा समाहितहुने अवस्था नै छ । ओलीले १० बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने स्पष्टै बताइसकेका छन् । त्यसको मार सबैभन्दा बढी रावल, अष्टलक्षमी शाक्यलगायतलाई परेको छ । 

त्यत्तिमात्रै होइन, सार्वजनिक कार्यक्रममा समेत घनश्याम भुसालहरुको मानमर्दन गरिएको छ । बुधबार बुटवलमा आयोजित कार्यक्रममा भुसाललाई सार्वजनिक रुपमा आशनग्रहण समेत गराइएन । यसबाट ओली जसरी पनि पूर्व विद्रोही समूहलाई पेलेरै भित्तामा पु¥याउन लागिपरेको देखिन्छ । बस्नेहरु बसे हुन्छ, जानेहरु गए हुन्छ भन्ने शैलीमा ओलीले अब माधव नेपाल पक्षमा लागेका सबैलाई छानीछानी कारवाही गर्ने, जिम्मेवारी बिहिन बनाउने साजिस गर्न थालेका छन् । 

ओलीको सामान्य चरित्र हेरौ, सार्वजनिक कार्यक्रममा राखिने, उनका कुर्सी हेरौ । उनको व्यक्तिपूजाको चलन र संस्कृति हेरौ । त्यहाँ कुनै राजनीतिक चरित्र देखिदैन । त्यहाँ कुनै वामपन्थी दृष्टि र लक्षण समेत देखिदैन । केही घटनाक्रमलाई हेर्ने हो भने, ओलीले कसरी मानिसहरुलाई पेण्डुलम बनाएका छन् त भन्ने बारेमा । सर्वोच्चले एमाले माओवादी ब्युँताएपछि २८ गते ओलीले एकलौटी रुपमा एमालेको बैठक बोलाएर २३ जना एमालेमा रहेका पूर्वमाओवादीहरुलाई जिम्मेवारी दिइएको थियो । एमालेले जिम्मेवारी दिएका पूर्वमाओवादीमध्ये रामबहादुर थापालाई ओलीले सहअध्यक्ष दिने सहमति भएको पूर्वमाओवादी नेताले त्योसमयमा जानकारी दिएका थिए । थापा पनि ठूलो पार्टीको सहअध्यक्ष हुन पाइने भयो भनेर सबै माओवादी फर्कदा पनि उनी एमालेमा नैबसेका थिए ।

नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको २०७७ साल २३ फागुनको फैसलापछि तत्कालीन नेकपा अहिले तीन दलमा विभाजन भएको छ। त्यसको खास कारण भने उनै ओली देखिए । दुई दुई पटक प्रतिनिधिसभाको विघटन, संविधानमाथिको अतिक्रमण तथा आफ्ना सहयोद्धा माथिको ज्यादती नै उनको परिचय बन्न पुग्यो । राज्यकोषको दोहन, चरम भ्रष्टाचार, लुट खसोट नै ओलीको खास परिचय बन्नपुग्यो । सोही कारण नेकपा फुट्यो । उनको एमाले समेत दुई टुक्रा भयो । कम्युनिस्ट पार्टीको आवरणमा दक्षिणपन्थको सेवामा लागेको ओली गुट यतिबेला राजनीतिक रुपमा पतनको दिशामा केन्द्रीत भएको छ । एमालेबाट क्रान्तिकारी विद्रोह भएको छ ।

केहीले सूर्यचिन्हको आशमा तत्कालका लागि पार्टी नछाडेपनि निकट भविस्यमा त्यहाँ ठूलो विद्रोह हुने अवस्था सिर्जना भएको श्रोतको दाबी छ ।गत फागुन २३ गतेको फैसलापछि नेकपा माओवादी केन्द्र र एमाले ब्युँताएको थियो । पाँच महिनापछि एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । नेकपा विभाजन गरेर जब सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँताए पनि त्यहाँ पार्टी भन्दा पनि ओलीको केवल कम्पनीमा मात्रै सिमित भयो । किनकी, त्यहाँ कुनै राजनीतिक दर्शन, विचार, सिद्धान्त थिएन, पद आशक्ति रस्वार्थको गठजोड थियो । विवाद मिलाएर एमाले मिलाउनु भन्दा पनि विवादलाई चर्काएर आफ्नो गुट बलियो बनाउन ओली लागे ।

ओलीको सामान्य चरित्र हेरौ, सार्वजनिक कार्यक्रममा राखिने, उनका कुर्सी हेरौ । उनको व्यक्तिपूजाको चलन र संस्कृति हेरौ । त्यहाँ कुनै राजनीतिक चरित्र देखिदैन । त्यहाँ कुनै वामपन्थी दृष्टि र लक्षण समेत देखिदैन । केही घटनाक्रमलाई हेर्ने हो भने, ओलीले कसरी मानिसहरुलाई पेण्डुलम बनाएका छन् त भन्ने बारेमा । सर्वोच्चले एमाले माओवादी ब्युँताएपछि २८ गते ओलीले एकलौटी रुपमा एमालेको बैठक बोलाएर २३ जना एमालेमा रहेका पूर्वमाओवादीहरुलाई जिम्मेवारी दिइएको थियो । एमालेले जिम्मेवारी दिएका पूर्वमाओवादीमध्ये रामबहादुर थापालाई ओलीले सहअध्यक्ष दिने सहमति भएको पूर्वमाओवादी नेताले त्योसमयमा जानकारी दिएका थिए । थापा पनि ठूलो पार्टीको सहअध्यक्ष हुन पाइने भयो भनेर सबै माओवादी फर्कदा पनि उनी एमालेमा नैबसेका थिए ।

वाहिर देखाउनकै लागि ओलीले केहि समय उनलाई आफ्नै आडमा बसालेर कार्यक्रम गरे । समय बित्दै गयो एमालेमाविवाद पनि उग्र रुप लिन थाल्यो । तर ओलीले एमाले मिलाउनु भन्दा पनि आफ्नो निकटलाई जिम्मेवारी दिए भने माधवकुमार नेपालपक्षका सबै नेताहरुको जिम्मेवारी खोस्दै गए ।  जिम्मेवारी खोसेरमात्र पुगेन ओलीले किस्ता किस्तामा नेपालदेखि सुरेन्द्र पाण्डेसम्म कारवाही गरे । फागुनदेखि भदौसम्म ओलीले एमालेधेरै तिकडम गरे । तर सहअध्यक्ष दिने भनेर आश्वासन पाएका थापा भने हाल नवौंं नम्बरमा पुगेका छन् ।  हुँदाखाँदाको पार्टी त्यागेर, क्रान्तिलाई धोका दिएर ओलीको गुलामी गर्न बसेका थापाले बल्ल आफनो हैसियत के रहेछ भनेर थाहा पाएका छन् । यस्ते, मणि थापाहरुको अवस्था पनि उस्तै छ । प्रभु साहले त एमालेछाडिसकेका छन् । 

क्रान्तिको नाममा सधै सुख सुविधामा बसेका, सधै प्रचण्डलाई धम्क्याएर, दङग्याउर, मोजमस्तीमा रमाएका काम केही गर्नुनपर्ने, संगठन बनाउन समेत लाग्नु नपर्ने थापाको अवस्था देख्दा धेरैले भन्ने गरेका छन्, कर्म अनुसारको फल । माओवादीले उनलाई राष्ट्रियसभाकोसदस्य बनाएकै थियो । गृहमन्त्री पनि बनाएकै थियो । ओलीसँग जुधेर पद, प्रतिष्ठा तथा सम्मान पनि दिएकै थियो । तर, नेपालीसमाजमा भनिए जस्तै अति गर्नु अतिसार नगर्नु । रामबहादुरका लागि प्रचण्डले अति नै गरिदिएका थिए । उनलाई त्यो नपचेको स्वभाविकै देखिएको छ । अब नेता भनिएका थापा ओलीको सामान्य कार्यकर्तामा परिणत भएका छन् । 

उनी एमालेमा बसेका सहअध्यक्ष पाउने आसमा थिए । माओवादीमा महासचिव भइसकेका थापा ओलीले २०७७ साल ५ पुसमा पहिलोपटक संसद विघटन गरेदेखि साथ दिदै आए । ओलीले दोस्रो पटक संसद विघटन गर्दा एमाले माओवादी ब्युँतिएको पनि अढाई महिना भइसकेको थियो । थापाले पनि ओलीलाई दरो काँध थापे । ओलीले पनि थापालाई राष्ट्रियसभाको हार्ने चुनावको उम्मेदवार बनाए । थापाले चुनाव हारेकै दिन मन्त्री पद पनि गयो । तर अहिलेसम्म सहअध्यक्ष पाएका छैनन् । उनको अहिले एमाले भित्र बिचल्ली नै भएको छ । कहाँको माओवादीमा महासचिव, कहाँको सह–अध्यक्षको आश्वासन पाएर पनि नवौं नम्बरमा बस्नु परेको तितो यथार्थ उनी भोग्न बाध्य छन् ।