भक्तपुर । भक्तपुर अरनिको राजमार्ग अन्तर्गत कौशलटारमा आसोज १८ सोमवार राति ११ः३५ बजे मोटर साइकल दुर्घटना भएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादौ गरेको ना ३२ प ६६७३ नम्वरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएको महानरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मोटरसाइकल चालक पर्सा बिरगंञ्ज अहानगरपालिका वडा नं.२० घर भई हाल भक्तपुर नगरापालिका वडा नं १० कमलविनायक बस्ने बर्ष ३० को लोकनाथ ठाकुरको भक्तपुर ईन्टरनासनल अस्पताल कौशलटारमा राति ११ः५५ बजे मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल ई।प्र।का। चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंहलाई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भईरहेको परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु