बैतडी । बैतडीको सुर्नया गाउँपालिका-२ सिउडेस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विद्यालयमा पठनपाठनको वातावरण नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
विद्यालय भवन निर्माण भएको भनिएको अनियमितताको छानबिन गरी पठनपाठन गर्ने वातावरण हुनुपर्ने भन्दै विद्यार्थीहरूले सोमबार नाराबाजीसमेत गरेका छन् । विद्यालयबाट नारा लगाएर विद्यार्थीहरू सतबाँझ चौराहा पुगेका थिए । विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन हुन पाएको छैन ।
नेपाल राष्ट्रिय मावि ग्वानीको मल्टिपल भवन निर्माणका लागि व्यापारीहरूबाट निर्माण सामग्री खरीद गरेको र सो बापतको रकम अहिलेसम्म भुक्तानी नपाएको व्यापारीहरूले बताएका छन् । निर्माण सामग्रीको रकम नपाएका व्यापारीहरूले विद्यायमा तालाबन्दी गरेका छन् भने विद्यार्थीहरूले ताला खोलेर आफुहरूको पठनपाठन नियमित हुनुपर्ने माग राखेका छन् ।
विद्यालय भवन निर्माणमा अनियमितता भएकाले यसको सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब