साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासँग खेल्दै

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १४ : २९
साफ च्याम्पियनसिप : नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्ने भएको छ । माल्दिभ्समा जारी साफमा नेपालले आफ्नो दास्रो खेलमा श्रीलङ्कासँग खेल्ने भएको हो । नेपाली समय अनुसार खेल राति ९:४५ बजेबाट हुनेछ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ खेल्ने तयारीमा छ ।श्रीलङ्का भने पहिलो खेलमै बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

श्रीलङ्का पहिलो जित निकाल्न आज नेपाललाई जित्ने लक्ष्यमा रहेको छ । साफ अन्तर्गतकै खेलमा आजै भारतलेले पहिलो बंगलादेशसँग खेल्दैछ । उक्त खेल सोमबार दिउँसो ४:४५ बजेबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस