रामकुमारी झाँक्रीको एमालेलाई सुझाव : सुर्य चिन्ह हटाएर केपी ओलीको बुख्याचा बोकेर हिडे हुन्छ

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १३ : ५७
रामकुमारी झाँक्रीको एमालेलाई सुझाव : सुर्य चिन्ह हटाएर केपी ओलीको बुख्याचा बोकेर हिडे हुन्छ

चितवन । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेलाई चुनाव चिन्ह परिवर्तन गरेर अध्यक्ष केपी ओलीको बुख्याचालाई बोकेर हिड्न सुझाव दिएकी छन् ।

आइतबार चितवनको रत्ननगरमा आयोजना गरिएको नेकपा एकीकृत समाजवादी नगर कमिटीको भेलालाई सम्बोधन गर्दे झाँक्रीले यस्तो बताएकी हुन् । 

‘कम्युनिष्ट पार्टीको धरासायी कहाँ हो भनेर त्यहा देखिएको छ, न विचार, न सिद्धान्त, न संस्कार छ, राज्य लुटेको पैसा छ, पानीको बोत्तलमा, बाटोमा यत्रतत्र केपी ओलीको फोटो यही बनाउन खोजेको होइन ?’ उनले भनिन्

उनले अध्यक्ष ओलीलाई गलत भन्ने केहि नेताहरु पुन नेकपा एमाले मै फर्किएका देख्दा अचम्म लागेको समेत उल्लेख गरिन् । ‘आजपनि उनीहरु ओली गलत भन्छन्, ओलीको हरेक क्रियाकलाप गलत भन्छन् तर ओलीसंगै टाँसिन्छन्, ओलीसंग त्यस्तो विचार के छ ? सोच्न बाध्य भएकी छु ।’ उनले भनिन् । 
 

प्रतिक्रिया दिनुहोस