एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, ११ : ३२
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ  । बैठकमा अध्यक्ष माधव कुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतबाट नेपाल ३५ लाख धरौटी बुझाएर छुटेका छन् । अध्यक्षमाथि नै मुद्दा लागेपछि संसद समेत दलको नेता अहिले छैन । मुद्दाको टुंगो नलाग्दासम्म पार्टी र संसदको नेतृत्व कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस