अमेरिका । अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन ।
गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए ।
‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित -यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असोज २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा