एमालेको विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको छ : रामबहादुर थापा

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १५ : ३३
एमालेको विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले एमालेको प्रथम विधान महाधिवेशन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् ।

महाधिवेशनका मूल व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै सो विधान महाधिवेशन नेपाल र नेपालीको भविष्य कतातिर लैजाने भन्नेमा केन्द्रीत हुने जानकारी गराए । उनले महाधिवेशनले समाजवादको दीर्घकालीन कार्यक्रम पनि तय गर्ने उल्लेख गरे । 

भोलिदेखि असोज १७ गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी दिँदै महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने जानकारी दिए ।  उनले यो महाधिवेशन पार्टी नेतृत्वको विषयमा केन्द्रीत नभई बिचार, नीति र कार्यक्रमको महाधिवेशन भएको उल्लेख गरे । 

नेता थापाले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा जनवादी क्रान्ति, पार्टी एकता र विघटनको समीक्षा, नेकपा सरकारको समिक्षा हुने जानकारी दिए । यस्तै प्रतिवेदनमा नेपाल र अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक अन्तरविरोधको विश्लेषण गरिएको, विकास र समृद्धिको बाधक को हुन् त्यसबारे पनि विश्लेषण गरिएको जानकारी दिए । 

उनले विधान महाधिवेशनले पार्टी आन्दोलनको आगामी कार्यभार तय गर्ने बताउँदै एमालेको नयाँ विधानमा पार्टीको नेतृत्व निर्माण गर्नेबारे विभिन्न ९२ धारामा व्यवस्था गरिएको बताए ।  यस्तै नयाँ विधानमा पार्टीको मुख्य पदमा २ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिएको छ । यस्तै नयाँ विधानमा पार्टीको नेतृत्वबारे ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस