काठमाडौँ । संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ ।
संसदमा अवरोध गर्दै आएको नेकपा एमालेले बहिष्कार गरेको बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल भए पनि ठोस निर्णय नभएको हो ।
एमालेले नेकपा (एकीकृत समाजवादी) लाई दल स्वीकार नगर्ने र उ सहभागी हुने बैठकमा नजाने भन्दै बहिष्कार गरेको थियो ।
संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नै नआएपछि समस्या समाधानबारे खास छलफल हुन सकेन ।
प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । छलफलमा सहभागी अरु दलका नेताहरुले पनि सोही अनुसारको सुझाव दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव