काठमाडौँ । संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ ।
संसदमा अवरोध गर्दै आएको नेकपा एमालेले बहिष्कार गरेको बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल भए पनि ठोस निर्णय नभएको हो ।
एमालेले नेकपा (एकीकृत समाजवादी) लाई दल स्वीकार नगर्ने र उ सहभागी हुने बैठकमा नजाने भन्दै बहिष्कार गरेको थियो ।
संसदमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमाले नै नआएपछि समस्या समाधानबारे खास छलफल हुन सकेन ।
प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेका छन् । छलफलमा सहभागी अरु दलका नेताहरुले पनि सोही अनुसारको सुझाव दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने