काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै पार्टीका नेताहरुलाई विद्यार्थी संगठनका नेताहरुलाई नउचाल्न आग्रह गरेका छन् ।
पार्टीको विद्यार्थी संगठनको आज देखि शुरु हुन लागेको २२ औं रास्ट्रिय सम्मेलनको नेतृत्वका लागि आफु अनुुकुल हुनेगरी विद्यार्थी नेताहरुलाई नउचाल्न र एउटा ब्यक्ति विशेषलाई मात्र हेरेर नतन्काउन आग्रह गरेका छन् ।
पार्टी स्थायी समितिको बुधबार बसेको स्थायी कमिटि बैठकमा प्रचण्डले विधार्थी संगठनको सम्मेलनबाट सर्वसहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने र त्यसले देशभर एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।
अखिल क्रान्तिकारीका अहिलेका अध्यक्ष रञ्जित तामाङले सम्मेलनबाट बिदा लिने भएपछि नेतृत्वका लागि आधा दर्जन विधार्थी नेताहरु रेसमा छन् । उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, पञ्चा सिंह, तिलकराज भण्डारी, दिपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी अहिले विद्यार्थी संगठनको अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
आकांक्षी नेताहरुलाई बोकेर पार्टी स्थायी समिति सदस्यहरु नै हिडन थालेभने संगठनमा सहमति जुटाउन गाह्रो हुने भन्दै प्रचण्डले कुनै पनि विधार्थी नेतालाई नउचाल्न प्रचण्डले आग्रह गरेको स्थायी समितिका एक सदस्यले सफलखबरलाई बताए ।
निर्वाचनबाट जादा पनि गुटवन्दी मौलाएको र नेताहरुले उचाल्न थाल्दा पनि गुटवन्दी नै देखिएर सर्वसहमत बनाउन जटिल भएको भन्दै प्रचण्डले कुनै पनि नेतालाई ब्यीक्त विशेषको पक्षधरता देखाएर लविङमा नलाग्न भनेका हुन् ।
वाईसिएलको भेलाले राम्रो सन्देश नदिएको भन्दै विधार्थी संगठनले भने सर्वसहमतिमा नेतृत्व चयन गरेर सन्देश दिनुपर्ने प्रचण्डको भनाई थियो । उनले आकांक्षी विधार्थी नेताहरुसँग आफुले सामुहिक र एक्लाएक्लै पनि छलफल गरेको भन्दै आकाक्षी नेताहरु सवै योग्य र सक्षम देखिएको र त्यसमध्ये एउटालाई नेतृत्व जिम्मा लगाएर अन्यलाई पार्टीको केन्द्रीय कमिटिमा लैजाने या अन्य के महत्वपूर्ण भूमिका दिने भन्ने बारेमा सोचिने बताएका थिए ।
‘विहिवार विधर्थी संगठनको सम्मेलनको उदघाटन छ, पहिले त्यसलाई सफल बनाऔं, त्यसपछि १६ गते नेतृत्व चयनसम्म फेरि आवश्यक परे पार्टी वैठक बसेर निर्णय लिऔंला, अहिले तपाई हामी नेताहरुले कोही कसैलाई पनि उचाल्ने र त नै बन्नुपर्छ भने जसरी लविङ गर्ने काम गर्दै नगरौं, प्रचण्डको भनाई उदधृत गदै ति स्थायी कमिटि सदस्यले भने, विधार्थी संगठनका सबै आकाक्षी नेताहरु क्यापेवल हुनुहुन्छ, सबै योग्य र क्षमतावान देखिनुभएको छ । महिले सामुहिक पनि भेटे, एक्लाएक्लै पनि छलफल गरेको छु, अहिले तपाईहरुले कृपया नउचालिदिनुहोला, नेतृत्व सर्वसम्मत बनाएर यो सम्मेलनलाई एकतावद्द बनाई सबै पार्टी कमिटिलाई सन्देश दिनुपर्छ ।’
प्रचण्डले पार्टीमा गुट भत्काउन चाहेका कारण त्यसको शुरुवात पार्टी कमिटि देखि जनवर्गीय संगठनहरु सम्म पनि गुट भत्काउन जोड गरेका छन् । गुट विहिन नेता र जसले सवैलाई सन्तुलन मिलाएर लैजान सक्छन्, त्यस्तो नेतालाई विद्यार्थी संगठनको नेता बनाएर जानुपर्नेमा प्रचण्डले जोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड